पुनर्वासको बिचफाँटामा रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने
कञ्चनपुर/कार्तिक १३
पुनर्वास ९ को बिचफाँटामा आगामी कार्तिक २२ गतेबाट रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ ।
कार्तिक ११ गते बसेको परोपकार समाज र परोपकार यूवा समाजको संयूक्त बैठकले सो निर्णय गरेको हो ।
कार्यक्रममा सुदुर पश्चिमका देउडा, भुवा, पुतला लगायत जनचेतनामुलक नाटक र राष्ट्रिय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहने परोपकार समाजका सचिव ईश्वर बुढाले समाचार विशेषलाई बताए ।



Comments are closed.