web analytics

नेपाल आईडल रबि ओड बने ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको दूत

 

काठमाडौ/नेपाल आइडल सिजन-२ का विजेता रबि ओड ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को ब्रान्ड एम्बेस्डर बनेका छन् । ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सी युवा व्यवसायी एकेन्द्र थापा, रिजन मडै र राहुल रेग्मीद्वारा संचालित अग्रसरतामा रहेको शैक्षिक परामर्श केन्द्र हो ।
संस्थाका अध्यक्ष एकेन्द्र थापाले नेपाल आइडलका विजेता रबि ओडसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीको ब्रान्ड एम्बेसेडर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र कन्सल्टेन्सीको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भूमिका प्रस्तुत गर्ने प्रतिबद्धता रबि ओडले व्यक्त गरे ।
हस्ताक्षर कार्यक्रममा ग्लोवल डायस्पोरा एजुकेसन कन्सल्टेन्सीका प्रबन्ध निर्देशक रिजन मडै र कार्यकारी निर्देशक राहुल रेग्मी उपस्थित थिए ।कन्सल्टेन्सीले जापान, अष्ट्रेलिया, क्यानडा, अमेरिका, युके लगायत देशहरुमा अध्ययनको लागि विद्यार्थी पठाउने गर्छ । नेपाल आइडल बनेपछि रविले दर्जन गीतहरुमा स्वर दिएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.