web analytics

जंगली बँदेल ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा, किसानलाई धपाउन र मार्न अनुमति

काठमाडौ/फागुन १२
वन तथा वातावरण मन्त्रालयले किसानको बालीनालीमा क्षति पुर्‍याउँदै आएको जंगली बँदेललाई एक वर्षका लागि ‘कृषि हानिकारक वन्यजन्तु’ घोषणा गरेको छ।
नेपाल सरकारको निर्णय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३०को नियम ३६ अनुसार गरिएको हो। राजपत्रमा प्रकाशित सूचनाअनुसार अब किसानले आफ्नो निजी खेत, खला वा बारीमा पसेर क्षति पुर्‍याउने (सानो जातको बँदेल बाहेक) जंगली बँदेललाई बिना अनुमति धपाउन, लखेट्न, पक्रन वा आवश्यक परे मार्न सक्नेछन्।
सर्तसहित अनुमति
सरकारले यो अधिकार निश्चित सर्तहरूको अधीनमा प्रदान गरेको छ।
१. क्षति भएको अवस्थामा मात्र कारबाही
बँदेलले बालीनाली वा धनजनमा क्षति पुर्‍याएको अवस्थामा मात्र किसानले एक्लै वा सामूहिक रूपमा धपाउन, लखेट्न वा पक्रन पाउनेछन्।
२. सम्बन्धित निकायमा बुझाउनुपर्ने
यदि बँदेललाई जिउँदै समातिएको छ भने त्यसलाई तुरुन्तै नजिकैको राष्ट्रिय निकुञ्ज कार्यालय, वन्यजन्तु आरक्ष, शिकार आरक्ष, संरक्षण क्षेत्र, डिभिजन वन कार्यालय वा मातहतका कार्यालयमा बुझाउनुपर्नेछ।
३. स्थानीय तहलाई जानकारी दिनुपर्ने
घटनाबारे सम्बन्धित वडा कार्यालयलाई जानकारी गराउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
यो व्यवस्था राजपत्रमा सूचना प्रकाशित भएको मिति २०८२ फागुन ११ गतेदेखि एक वर्षसम्म लागू हुनेछ। निर्णयले जंगली बँदेलको आतंकबाट प्रभावित पहाडी तथा तराईका किसानलाई राहत मिल्ने अपेक्षा गरिएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.