web analytics

ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

काठमाडौं/ १ माघ ।
बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ हजार ५०० रुपैयाँले घटेर २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा किनबेच भएको थियो। सुनसँगै चाँदीको मूल्यमा पनि कमी आएको छ। आज चाँदी प्रतितोला ५ हजार ४८५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ, जबकि बुधबार चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.