पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो, विहीबार मध्यरातदेखि लागू
काठमाडौं/माघ २
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको निर्णयअनुसार घटाइएको नयाँ मूल्य विहीबार मध्यरात १२ बजेदेखि लागू भएको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३ रुपैयाँले घटेर १५६ रुपैयाँ कायम भएको छ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १–१ रुपैयाँले घटेर १३६ रुपैयाँ पुगेको छ।
निगमका अनुसार इन्डियन आयल कर्पोरेसनबाट माघ १ गते प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यका आधारमा नेपालमा मूल्य समायोजन गरिएको


Comments are closed.