web analytics

घट्यो सुनको मूल्य, चाँदीमा वृद्धि

काठमाडौँ/२३ पुस
नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्य बढेको छ। मंगलबार एकैदिन तीन हजार एक सय रुपैयाँले उकालो लागेको सुनको भाउ बुधबार प्रतितोला चार सय रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला दुई लाख ६७ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रुपैयाँमा किनबेच भएको थियो। मूल्यमा आएको यो कमीले सुन खरिद गर्न चाहने उपभोक्तालाई केही राहत पुगेको व्यवसायीहरूको भनाइ छ।
यसैगरी, चाँदीको मूल्य भने बुधबार बढेको छ। मंगलबार प्रतितोला चार हजार आठ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार नौ सय ३५ रुपैयाँ पुगेको छ। यो अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रुपैयाँले वृद्धि हो।
अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस चार हजार चार सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ। अन्तर्राष्ट्रिय बजारको मूल्य उतारचढावको असर नेपाली बजारमा पनि प्रत्यक्ष रूपमा देखिन थालेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.