वीरगञ्जमा कर्फ्यू आदेश जारी
काठमाडौं/२१ पुस
वीरगञ्जमा कर्फ्यू आदेश जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले धार्मिक सद्भाव कायम राख्न र सम्भावित अशान्ति रोक्न निषेधाज्ञा जारी गरेको जनाएको छ।
धनुषामा मस्जिद तोडफोडको घटनापछि वीरगञ्जमा मुस्लिम समुदाय र हिन्दूवादी संगठनहरूद्वारा छुट्टाछुट्टै प्रदर्शन सुरु भएको थियो। दुवै समुदाय आमनेसामने प्रदर्शनमा उत्रिएपछि अवस्था तनावग्रस्त बनेको भन्दै प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको हो।
प्रशासनका अनुसार आज दिउँसो १ बजेदेखि अर्को आदेश नभएसम्म सभा, भेला तथा जुलुस गर्न पूर्ण रूपमा निषेध गरिएको छ। प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार बसपार्क, सिर्सिया पुल, पावर हाउस चौक र शंकराचार्य गेट क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ।
प्रशासनले सर्वसाधारणलाई संयम अपनाउन र सुरक्षाकर्मीलाई सहयोग गर्न आग्रह गरेको छ।


Comments are closed.