पेट्रोलियम पदार्थको मूल्य घट्यो
काठमाडौँ/पुस १६
नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ ले मूल्य घटाइएको हो। त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रतिलिटर ६ रुपैयाँ ले मूल्य घटाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रति किलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको निगमले जनाएको छ।
यद्यपि, एलपी ग्यासको खरिद मूल्य बढेर आए पनि उपभोक्ताका लागि बिक्री मूल्य भने यथावत् राखिएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।


Comments are closed.