बेलौरीकोमा जलेको अवस्थामा भेटीएको शवको पहिचान खुल्यो
कञ्चनपुर/ ९ बैशाख ।
बेलौरीमा जलेको अवस्थामा भेटीएको शवको पहिचान भएको छ । उक्त शव बेल्डाडी गाउँपालिका ३ का हरिकिशन रानाको भएको खुलेको छ । उनी भैंसी पालन गरि दूध बेच्ने व्यवसाय गर्ने गरेको स्थानीयले बताएका छ्न ।
मंगलबार बिहान बेलौरी नगरपालिका १० शिवनगरमा जलेको अवस्थामा मोटरसाइकल र शव फेला परेको हो ।
तोरीको भुसामा जलेको अवस्थामा मोटरसाइकल र केहि पर शव फेला परेको छ ।
मृतकका परिवार घटनास्थलमा पुगेका छ्न । परिवारले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन ।
अहिले प्रहरी घटनास्थलमा रहेको र शव उठाएर पोस्टमार्टमको लागि पठाइने तयारीमा रहेको बताईएको छ ।


Comments are closed.