web analytics

कैलारीका पन्ध्र सय परिवारलाई साईन नेपालद्वारा किटनाशक झुल

कैलाली /मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) गैरसरकारी संस्था धनगढीले डेंगु संक्रमण न्यूनीकरण गर्न किटनाशक झुल वितरण गरेको छ ।

सोमबार कैलालीको कैलारी गाउँपालिकामा डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिब तथा विपन्न पन्ध्र सय परिवारलाई किटनाशक झुल वितरण गरेको हो।

गाउँपालिका अन्तर्गतका १, ३ र ४ वडा मा प्रति घर ३ थानका दरले ४ हजार ५ सय पाँच झुल वितरण गरिएको संस्थाका अध्यक्ष भक्तराज जोशीले जानकारी दिए ।

लामखुट्टेको टोकाइबाट डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएकाले संस्थाको CAR-22 परियोजना अन्तर्गत उक्त झुल वितरण गरिएको अध्यक्ष जोशीको भनाई छ ।

 

कृषि, स्वास्थ्य, शिक्षा, विपद,आयआर्जन लगायतका क्षेत्रमा विभिन्न पालिकामा कार्यक्रम गर्दै आएको साईन नेपालले सो पालिकामा ५ बर्षे कार्यक्रम सम्झौता गरेको
संस्थाका अध्यक्ष जोशीले बताए ।

त्यस्तै गाउँपालिकाका अध्यक्ष राज समज चौधरीले लामखुट्टेको टोकाईबाट अकालमै मृत्यु हुँदै आएपनि संस्थाले वितरण गरेको झुलले यस क्षेत्रका बासिन्दाहरुको अबका दिनमा ज्यान समेत सुरक्षित हुने विश्वास रहेको बताए ।

पालिकाका जनता प्रति उत्तरदायी भई देखाएको सहयोग प्रति संस्था र संस्थाका अध्यक्ष सहितको टिमलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा सहकार्यका साथ यस्ता कार्यक्रमलाई सञ्चालन गर्ने उनले बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.