web analytics

पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न

कञ्चनपुर, २३ पुस

पुनर्वासमा साईकल यात्रा कार्यक्रम सम्पन्न भएको छ । आज बिहान आईबिआरडीको पुनर्वास बाल उद्यानबाट सुरु भई पुनर्वास ९ स्थीत प्यारातालमा पुगी कार्यक्रम सम्पन्न भएको थियोे ।
पुनर्वासको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्न तथा साईकल यात्राप्रति सर्वसाधारणलाई आकर्षित गर्न तथा स्वास्थ्य र वातावरण प्रती युवाहरूको ध्यानाकर्षण गर्ने उद्देश्य लिएर पुनर्वासमा साईकल यात्रा कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उदघाटन पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्मा र वयोवृद्ध समाजसेवी ठाकुर प्रसाद बरालले साईकल चलाएर कार्यक्रमको उदघाट्न गर्नुभएको थियोे । पुनर्वास युवा समूहको आयोजनामा भएको उक्त कार्यक्रममा पुनर्वासका चालिसभन्दा बढी युवाहरूले भाग लिएका थिए । अतिथिका रुपमा साइकल यात्रा र रक्तदान गरेर ख्याती कमाएका भरतविक्रम शाह, मेची महाकाली साइकल यात्री रमित भट्ट, मेची महाकाली साईकल यात्री दिपक भट्ट लगायतका महानुभावहरुले सहभागीता जनाउनुभएको थियोे । मेची महाकाली साईकल यात्री तथा रक्तदाता तिर्थराज अवस्थीले यस कार्यक्रमलाई सल्लाह र सुझाव दिएर सफल पार्न सहयोग गर्नुभएको थियो ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.