पुनर्वासमा भोजपुरी फिल्म लागि कलाकार छान्न अडिसन हुँदै
पुनर्वास/ कञ्चनपुरको पुनर्वासमा भोली (शुक्रबार) भोजपुरी फिल्ममा अभिनेता र अभिनेत्रीको खोजीका लागि अडिसन हुने भएको छ ।
पुनर्वास नगरपालिका-६ स्थित पुनर्वास न्यु सम्राट रेष्टुरेन्टको हलमा बिहान ११ बजेदेखि अभिनेता र अभिनेत्रीको खोजीका लागि अडिसन हुने भएको हो ।
ए.के. एण्ड ब्रदर्श फिल्म ईन्टरटेनमेन्टको आयोजनामा पौष १ देखि ४ गतेसम्म अडिसन सञ्चालन हुने भोजपुरीका अभिनेता असद खानले जानकारी दिए ।
प्रतिभा भई अवसर नपाएका ईच्छुक कलाकारहरुलाई तुरुन्त अडिसनमा सहभागी हुन आयोजकले अनुरोध गरेको छ । आवश्यक जानकारीका लागि ९८०६४१२७८६ अथवा ९८०७४१३८२६ मा सम्पर्क गर्नुहोला ।।



Comments are closed.