web analytics

पुनर्वासमा एक पुरुष शवको फेला

कञ्चनपुर /२३ मंसिर ।
पुनर्वासमा एक जना पुरुषको शव फेला परेको छ । मृतक पुनर्वास नगरपालिका वडानम्बर ११ निवासी तुलसी कार्कीका छोरा अन्दाजी ३५ बर्षका हरि कार्की रहेको स्थानीयले बताएका छ्न ।
शुक्रबार बिहान स्थानीयले हरि कार्कीलाई मृत देखेपछि प्रहरीमा खबर गरेका थिए। अहिले शव पोष्टमार्टमका लागि लगिएको छ । टाउकोमा चोट देखिएका कारण हत्याको आशंका गरिएको छ । घटनाको थप अनुसन्धान भईरहेकाले थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.