प्रदेश सभा सदस्य उम्मेदवार बीर बहादुर थापाले दिए सम्पुर्ण मतदातालाई धन्यवाद !
०४ मंसिर, कंचनपुर कंचनपुर क्षेत्र नम्बर १, १ का प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले सम्पुर्ण मतदातालाई धन्यवाद दिएका छन। मतदान शान्तिपुर्णा तवरबाट सम्पन्न गरेकोमा आफ्नो आधिकारिक फेसबुक पेजबाट उम्मेदवार थापाले सम्पुर्ण मतदातालाई धन्यवाद दिएका हुन।
थापाले लेखेका छन
“प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचन २०७९ मा सफलतापूर्वक सम्पन्न भएको छ । आमनिर्वाचनको यो महाअभियानमा शान्तिपूर्ण रुपमा सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र मतदानमा सहभागी भएर सहयोग गर्नुहुने जनसमुदाय र पार्टी पंक्तिलाई हार्दिक धन्यवाद दिन चाहन्छु । आवधिक निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यसले आगामी पाँच वर्षमा मुलुकलाई नयाँ नेतृत्व दिनेछ । आफ्नो अमुल्य मतदानमार्फत आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चुन्ने आदरणीय मतदाताहरुलाई पुनः हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु । ”
वीर बहादुर थापा
प्रदेशसभा सदस्य उम्मेदवार
कन्चनपुर क्षेत्र नम्बर-१ को १
नेकपा एमाले
कंचनपुर क्षेत्र नम्बर १ का सम्पुर्ण मतदान केन्द्र बाट अहिले मतपेटिकाहरु बेलौरि ल्याउने क्रम जारि रहेको छ। सम्पुर्ण मतपेटिका ल्याईसके पछि सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। सर्बदलिय बैठक पस्चात मतगणना शुरु गरिने मतदान निर्वाचन कार्यालयले जनाएको छ।



Comments are closed.