बिना मगरले दिईन मतदातालाई धन्यवाद !
०४ मंसिर, कंचनपुर
कंचनपुर क्षेत्र नम्बर १ कि प्रतिनिधि सभा उम्मेदवार बिना मगरले सम्पुर्ण मतदातालाई धन्यवाद दिएकि छन। आफ्नो आधिकारिक फेसबुक पेजमा पोस्ट गर्दै उम्मेदवार मगरले अमुल्य मतदान गर्ने सम्म्पुर्ण मतदाता र निर्वाचनलाई शान्तिपुर्वक सम्पन्न गराउन खटिने कर्मचारी तथा सुरक्षाकर्मि सम्पुर्णलाई धन्यवाद दिएकि छन।
पुर्वमन्त्री समेत रहेकि प्रतिनिधि सभा उम्मेदवार मगरले लेखेकि छ्न-
“आज सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मलाई र वाम-लोकतांत्रिक गठबंधनका उम्मेदवारहरूलाई आफ्नो अमुल्य मत दिनु हुने कन्चनपुर-१ का सम्पुर्ण आदरणिय मतदाताज्यूहरू प्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु।यो निर्वाचनमा दीनरात खट्नु हुने गठवन्धन दलमा आबद्ध सवै नेता,कार्यकर्ताहरू मेरा सम्पुर्ण शुभेच्छुक शुभचिन्तकहरु पत्रकार साथीहरू सुरक्षाकर्मी एवं राष्ट्रसेवक कर्मचारीहरू निर्वाचन आयोग प्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।”
कंचनपुर क्षेत्र नम्बर १ का सम्पुर्ण मतदान केन्द्र बाट अहिले मतपेटिकाहरु बेलौरि ल्याउने क्रम जारि रहेको छ। सम्पुर्ण मतपेटिका ल्याईसके पछि सर्वदलीय बैठक बस्ने तयारी गरिएको छ। सर्बदलिय बैठक पस्चात मतगणना भोलि बिहान ८ बजे देखि शुरु गरिने निर्वाचन कार्यालयले जनाएको छ।
दुई पुर्व मन्त्री उम्मेदवार बनेको यस क्षेत्रलाई निकै उत्सुकताका साथ हेरिएको छ। प्रतिनिधि सभा उम्मेदवार बिना मगर केन्द्रिय सरकारको पुर्व खानेपानी मन्त्री हुन भने तारा लामा तामाङ सुदुरपस्चिम प्रदेश सरकारका पुर्व आर्थिक मामला मन्त्री हुन।



Comments are closed.