संविधान दिवसको अवसरमा पुनर्वास नगरपालिकाद्वारा सरसफाई तथा रक्तदान कार्यक्रम
-लाल बहादुर एस.के.
पुनर्वास
पुनर्वास नगरपालिकाको कार्यालयले संविधान दिवसको अवसर पारि सोमबार पुनर्वास नगरपालिकाको कर्यालयमा सरसफाई गरि संविधान दिवस मनाईएको छ।
“सुन्दर पुनर्वास नगर सफा स्वच्छ राख्ने हामी सवैको रहर” भन्ने मुल नाराका साथ जनप्रतिनिधि, नगरपालिकाका कर्मचारीहरु, समाजसेबि र पत्रकारहरूको उपस्थिति रहेको थियो । पुनर्वास नगरपालिकाको आयोजनामा पुनर्वास वजार संगै खुलामञ्च क्षेत्रमा संविधान दिवसको अवसरमा सरसफाई गरिएको नगरपालिकाका सूचना अधिकृत धौल राम सार्कीले बताउनुभयो ।
सरसफाई अभियानमा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोया प्रसाद शर्मा, वडा नम्बर ११ का वडा अध्यक्ष तुलसी अर्याल, वडा नम्बर ४ का वडा अध्यक्ष मनोज जैसी, वडा सदस्यहरू र नगरपालिकाका कर्मचारिहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
त्यसै गरि संविधान दिवसकै अवसरमा सहिद गाेबिन्द गाैतमकाे सालिकमा माल्यार्पण गरिनुका साथै गाेबिन्द गाैतमका बुवालाई दाेसल्ला ओढाई सम्मान गरिएकाे थियाे । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी अशाेक कुमार भण्डारी, नगरप्रमुख ताेय प्रसाद शर्मा, उपप्रमुख भुलिया रानाले सहिद गाेबिन्द गाैतमकाे सालिकमा माल्यार्पण गर्नु भएकाे हो ।




Comments are closed.