नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटीले मनायो २५ औं स्थापना दिवस
कैलाली /नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटी र NATU धनगढी उपमहानगर कमिटीले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
युनियन स्थापना भएको २५ औं वर्ष रजत जयन्ती प्रवेशको अवसर पारेर रक्तदान कार्यक्रमका साथै दृष्टि फाउन्डेसनमा गएर मिठाई फलफुल सहित खाद्यान्न सामाग्री (चामल ,दाल,तेल,नुन) वितरण गरेको थियो। यसैगरि साँझ आफ्नो प्रदेश भवनमा दिप प्रज्वलन गरि अटोमेकानिक्स ट्रेड युनियनका सदस्य स्वर्गीय श्यामलाल चौधरीकी धर्मपत्नी लाई राहत स्वरुप खाद्यान्न सामाग्री (चामल,तेल,नुन,दाल)प्रदान गरिएको छ।
त्यसैगरी सोही अवसरमा सुदुरपश्चिम उपमहानगर पालिका नगर कमिटि अध्यक्ष सुमित कुमार श्रेष्ठ ज्यु को अध्यक्षतामा रक्तदान कार्यक्रम आयोजना भएको थियोे । कार्यक्रममा प्रमुख आतिथ्य को रुपमा नेपाल ट्रेड युनियन महासंघ जिफण्ट का प्रदेश अध्यक्ष जित बहादुर मल्ल ज्यु बिशिष्ट अतिथिको रुपमा NATU केन्द्रिय कमिटी उपाध्यक्ष चन्द्रप्रकाश गैरे ज्यु,NATU केन्द्रिय कमिटी सचिब गोपाल केसि ज्यु ,NATU केन्द्रिय सदस्य बिष्णु अधिकारी ज्यु ,नेपाल जिफण्ट ट्रेड युनियन महासंघ प्रदेस सदस्य अर्जुन न्यौपाने ज्यु , नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका प्रदेश अध्यक्ष ललित चन्द ज्यु,NATU प्रदेश उपाध्यक्ष गोरे सिंह ऐर,NATU कोषाध्यक्ष गोमता गैरे ज्यु लगायत अतिथी हरुको सहभागिता रहेको थियो। बिहान सात बजे देखि सुरु गरिएको रक्तदान कार्यक्रममा रक्तदाताहरुलाई सम्मान स्वरुप धनगढी नेपाल अटो ट्रेडयुनियन को तर्फबाट प्रशंसा-पत्र पनि प्रदान गरिएको थियोे ।बिहान देखिको अविरल बर्षाका बाबजुद धनगढीको बोराडाँडी स्थित कंचन ईन्जिनियरिङ को प्रांगणमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान गरेको NATU उपमहानगर पालिका नगर कमिटी अध्यक्ष सुमित कुमार श्रेष्ठ ज्यु ले समाचार विशेषलाई बताउनुभएको छ।कार्यक्रमको सञ्चालन प्रदेश कमिटी सचिव प्रकाश चन्द्र भट्ट ज्यु ले गर्नु भएको थियो।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदूरपश्चिम प्रदेश का अध्यक्ष मीन कार्की ज्यु तथा नगर कमिटी अध्यक्ष सुमित कुमार श्रेष्ठ ज्यु लगायत अन्य नगर कमिटी पदाधिकारी उपाध्यक्ष मनोज गुप्ता ज्यु, सचिब हरि सिंह भन्डारी ज्यु,सह सचीव पुर्ण सिंह तामाङ ज्यु,कोषाध्यक्ष पुष्पा रावत ज्यु, सदस्य टेक पाण्डे ज्यु को सक्रियतामा सो कार्यक्रमहरु सम्पन्न भएको थियोे ।


Comments are closed.