web analytics

बेलौरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको ज्यान गयो, चालक पक्राउ

कञ्चनपुर, २३ असार ।
बेलौरी नगरपालिका–७ पौलाहमा विहिबार एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको ज्यान गएको छ । तीन जना महिला घाइते छन्। बिहीवार दिउसो एम्बुलेन्स अनियन्त्रित भएर पौहालस्थित कल्याण माध्यमिक विद्यालय नजिक घर भएका स्थानीय रामबहादुर रानाको गोठमा ठोक्किएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी वरिष्ठ नायव निरीक्षक रमेशसिंह बुढाथोकीले बताए । धनगढीबाट बेल्डाँडी गाउँपालिका-४ बैवाहतर्फ आइरहेको म १ च ६३१
नम्बरको एम्बुलेन्स अनियन्त्रित भएर गोठमा ठोक्किएको थियो । दुर्घटनामा बेल्डाँडी गाउँपालिका-४ बैवाहकी २४ वर्षीया अनिता खत्रीको तीन दिने शिशुको मृत्यु भएको बरिष्ठ
सइ बुढाथोकीले जानकारी दिए । घटनामा अनिता, २० वर्षीया लक्ष्मी खत्री र ४५ वर्षीया माघी खत्री घाइते
छन्। अनिताले तीन दिन अघि धनगढीस्थित
सेती अस्पतालमा बच्चा पाएकी थिइन् । उनी कुरुवासँगै घर फर्किरहेकी थिइन । घाइतेहरुको जगदम्बा अस्पताल बेलौरीमा उपचार भइरहेको छ । कैलाली चुरे गाउँपालिका-१
बस्ने २६ वर्षीय एम्बुलेन्स चालक ज्ञानेन्द्र बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
Below Article Content Ads

Comments are closed.