बेलौरीमा माओवादीको अग्रता कायमै
कञ्चनपुर/बेलौरी नगरपालिकामा नेकपा माओवादी केन्द्रले अग्रता लिएको छ ।बेलौरीमा मतदान भएकै रातीदेखि मत गणना शुरु भएको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार शनिबार बिहान ६ बजेसम्मको मत गणना गर्दा बेलौरी १ मा नेकपा माओवादी केन्द्रको प्यानलले अग्रता लिएको छ ।
बेलौरी नगरपालिका १ मा ८ सय ८३ मत गणना गर्दा माओवादी केन्द्र ३ सय ८९, काँग्रेस २ सय ४९ र एमाले २ सय ४५ मत ल्याएका छन । उक्त वडामा १ हजार ६ सय ४८ मत खसेका थिए ।


Comments are closed.