web analytics

वीरगंजमा स्रोत नखुलेको २० लाख रकम सहित एकजना पक्राउ!

 

कात्तिक २३

विरग्ंज /पर्सा प्रहरीले एक जना हुण्डी कारोबारीलाई २० लाख नगदसहित सोमबार पक्राउ गरेको छ ।

वीरगंज महानगरपालिका-८ घण्टाघरबाट आदर्शनगरतर्फ जाँदै गरेको ना.४८ प ७६९१ नम्बरको मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले चेक जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बारा बिश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ३१ वर्षीय चन्दन कुमार साह रहेका छन् ।साह माथि बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐन, २०७३ विरुद्धको कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक बेल पाण्डेले बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.