कैलाली ग्याङ्ग फाइटमा चक्कु प्रहारबाट एकको मृत्यु, ४ जना पक्राउ
टिकापुर : कैलालीमा युवाहरूको दुई समुहबिच ग्याङ्ग फाइट हुँदा चक्कु प्रहारबाट २३ बर्षिय एक युवकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका १ बस्ने भुपेन्द्र बडुवालको मंगलबार बेलुका करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
टीकापुरको सिद्दार्थ होटेल नजिक झडप भएको थियो । घटनामा संलग्न भएका ४ जनालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए ।


Comments are closed.