ह्वात्तै घट्यो सुनको भाउ, कति पुग्यो नयाँ दर?
काठमाडौं । नेपाली बजारमा बिहीबार सुन तथा चाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर २ लाख ६५ हजार ७०० रुपैयाँमा झरेको छ। यससँगै सुनको मूल्य तोलामा २ हजार रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, अमेरिकी डलरको विनिमय दरमा आएको परिवर्तन तथा विश्वव्यापी आर्थिक गतिविधिको प्रभावले पछिल्ला दिनमा सुनको मूल्य अस्थिर बन्दै आएको व्यवसायीहरू बताउँछन्। मूल्य घटेपछि सुन खरिद गर्न चाहने उपभोक्ता र लगानीकर्तामा चासो बढेको देखिएको छ।
यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँमा झरेको महासङ्घले जनाएको छ। चाँदीको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो।


Comments are closed.