बेलौरी पुनर्वासका मोडलको अभिनयमा “नशालु तिम्रो त्यो हेराइ” गीतको भिडियो सार्वजनिक
बेलौरी पुनर्वासका मोडलहरुको अभिनय अभिनय रहेको “नशालु तिम्रो त्यो हेराइ”गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
DIWAS Photography को प्रस्तुति तथा KATHA PRODUCTION को सहकार्यमा बनेको नयाँ नेपाली गीत “नशालु तिम्रो त्यो हेराइ” को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ।
भिडियोमा लामो समयदेखि कलाकारीता क्षेत्रमा संलग्न मुलुक क्षेत्रीको उत्कृष्ट अभिनय र डान्स हेर्न सकिन्छ उनलाई साथ दिएकी छिन पुनर्वासकी सुन्दरी मोडल अनिता सुनारले । गीतको गायन तथा संगीत फिलिप थापाले गरेका हुन् । अडियो मोनिका रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियो बिरेन्द्र शाही (बिरु) को निर्देशनमा तयार भएको हो। सन्तोष अवस्थीद्वारा कोरियोग्राफी गरिएको यस भिडियोको छायांकन रितिक फोटो स्टुडियो र रोन्जन चौधरीले गरेका छन्। यस म्युजिक भिडियोको सम्पादन, रंग संयोजन तथा ग्राफिक्स डिजाइन जेम्स रानाले गरेका छन्, साथै पोस्ट-प्रोडक्सन जेम्स मुभिज & फोटो स्टुडियोद्वारा गरिएको हो। पोस्टर डिजाइन अर्जुन मगर द्वारा तयार पारिएको छ।
गीतका निर्माता राजन धामी हुन् भने चक्र रोकाया, चिरन रावत, प्रेम मल्ल, र धनराज बम, कृष्णबहादुर बिक,वीर रोकाया,नवीन साउंदलाई विशेष धन्यवाद दिइएको छ। भिडियो ओएसआर मुभिज नामक युटुब च्यानलमा हेर्न सकिन्छ ।
यो नयाँ गीत नेपाली संगीत प्रेमीहरूका लागि विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ। हेर्नुस् भिडियो…



Comments are closed.