नेपाल स्वयंसेवि रक्तदाता समाज बाँसगढी ले जनचेतना कार्यक्रम सम्पन्न !
कृष्ण बहादुर बुढा
असोज ६
बर्दिया /नेपाल स्वयंसेवि रक्तदाता समाज बाँसगढी नगरसमिती को आयोजना र बाँसगढी युवा मंच को समन्वयमा आज बासगढी बहुमुखी क्याम्पस बर्दियामा रक्तदान जिवनदान भन्ने मुल नारासहितको जनचेतनामूलक कार्यक्रम सप्पन्न गरिएको छ ।
नगरसमिती अध्यक्ष बिनोद परियार को सम्योजकत्वमा
भएको उक्त कार्यक्रमको प्रमुख अतिथि जिल्ला उपाध्यक्ष सन्तोष बास्तोला , विशिस्ट अतिथीहरुमा क्रमश जिल्ला सल्लाहकार बिपिन पौडेल , बासगढी नगर अस्पताल का अध्यक्ष सुरेश रेग्मी लगाएत उक्त क्याम्पसका प्राध्यापकहरु , विद्यार्थी बर्गको ब्यापक उपस्थित रहेको थियो।
त्यसै गरि सम्पुर्ण अतिथी तथा उपस्थिति महानुभावहरु लाई स्वागत मन्तव्य मार्फत बासगढी युवा मंच को उपाध्यक्ष हरिकला अधिकारीले स्वागत गर्नु भयो ,, रगत नपाएर कोहि मर्न नपरोस् भनेर त्यसका निमित १८ बर्ष पुगेसङ्गै रक्तदान महादानको बिषयमा ध्यान केन्द्रित गर्न खोजिरहेको प्रसङ्ग उक्त कार्यक्रममा भनाइ राख्ने अतिथिहरु को थियो त्यसै गरि कार्यक्रम को सहजीकरण नगर सचिब बिमल सुवेदी ले गर्नु भएको थियो ।उक्त कार्यक्रमा भनाई राख्दै आगामी दिनमा यस्ता कार्यक्रम तथा रक्तदान कार्यक्रमा पनि गर्ने कुरा प्रमुख अथिती सन्तोष बास्तोलाले बताउनु भयो ।



Comments are closed.