फ़ेरि बढ्यो ईन्धनको भाउ, रुस र युक्रेन युद्धका कारण भाउ बढेको निगमको भनाई
काठमाडौ, जेठ ८ ।
नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ।
निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने छ ।
त्यस्तै खाना पकाउने ग्यासको मूल्य पनि बढेको छ । प्रतिसिलिन्डर ग्यासमा २०० रुपैयाँ बढेको छ । अब ग्यासको मूल्य पनि प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँ पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यो बढेको मूल्य आइतवार राति १२ बजेदेखि लागू हुने छ ।
रुस र युक्रेन युद्धका कारण अन्तरराष्ट्रिय बजारमा प्रशोधित तेलको मूल्य निरन्तर बढ्दै गएको अवस्थामा मूल्य समायोजन गर्दा पनि इन्धनमा अझै घाटा रहेको निगमले बताएको छ ।


Comments are closed.