पुनर्वास: बजार जान्छु भनेर गएकी महिला पाँचदिन देखि बेपत्ता
कञ्चनपुर/पुनर्वासमा बजार जान्छु भन्दै निस्केकी महिला पाँच दिन देखि बेपत्ता छिन ।
पुनर्वास ४ जनक बस्तीकी २९ वर्षिया श्रीमती सिता ओड गत कार्तिक २० गते लक्ष्मी पुजाको दिन स्थानीय आईबिआरडी बजारमा किनमेल गर्न जान्छु भन्दै निस्केकी थिइन ।
भारतको मुम्बईमा रोजगारी गर्ने गरेका श्रीमान पदम ओड सोही दिन विहान दिपावली मनाउन घर फर्किएका थिए ।
श्रीमानसंग सल्लाह गरेर बजार जान्छु भनेर घरबाट निस्कीएकी श्रीमती साँझ सम्म घर नफर्किएपछि दोस्रो दिन बिहानै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा श्रीमान पदमले खोजतलासीका लागि निवेदन दर्ता गरेका थिए । श्रीमान पदमले नेपाल प्रहरी लगायत भारतीय प्रहरी र माईती नेपालमा समेत फोटो सहित श्रीमती खोजतलासका लागि निवेदन दर्ता गरेका छन् ।
दुई छोरा र एक छोरी छाडेर सम्पर्कविहिन भएकी श्रीमती सिता ओडलाई कहि कसैले देख्नुभएमा ९८१५६०८२४३ र ९८१५६१३३४७ मा सम्पर्क गरि सहयोग गरिदिनहुन श्रीमान पदम ओडले सबैमा आग्रह गरेका छन् ।


Comments are closed.