शिक्षक आन्दोलनको सोह्रौ दिनमा पुनर्वासका शिक्षकहरु (तस्वीरहरु)
काठमाडौँ/बैशाख ४
देशका अन्य शिक्षकहरु जस्तै पुनर्वासका शिक्षकहरु पनि आन्दोलनमा डटिरहेका छ्न । आज विहिवार पुनर्वासबाट सत्र जनाको टोली काठमाडौतर्फ लागेको शिक्षक नेता तथा नमूना रामजी आधारभूत विद्यालय पुनर्वास ४ का प्रधानाध्यापक कुसुम न्यौपानेले जानकारी गराउनुभएको छ ।
विद्यालय शिक्षा ऐन माग गर्दै राजधानीमा शिक्षकहरूको आन्दोलन सुरु भएको १६ दिन पुगेको छ ।
यसैविच शिक्षकहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै पुनर्वास निवासी अखिल क्रान्तिकारीका विद्यार्थी नेता यादव सिंहले आन्दोलनमा उपस्थित भएर हौसला बढाउनुभएको छ ।
नेपाल शिक्षक संघको आह्वानमा भएको आन्दोलन स्थगित गर्न सरकारले आह्वान गरेपनि अस्वीकार गर्दै निरन्तरता दिइएको हो ।
शिक्षकहरूले उधारो सहमति नमान्ने भन्दै ऐन जारी भएपछि मात्रै विद्यालय फर्किने अडान लिएका छन् । सधैँझैँ आज पनि माइतीघरमा भेला भएर शिक्षकहरूले सडकमार्फत सरकारलाई दबाब दिएका छन् ।





Comments are closed.