तनहुँ १ मा डा. स्वर्णिम वाग्लेको अग्रता कायमै
तनहुँ/ तनहुँ- १ मा १३ हजार ७५९ मतगणना भएको छ। सोमबार बिहानको पछिल्लो मतगणना अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले दोब्बरभन्दा बढी मतले अग्रता लिएका छन्।
वाग्लेले ७६२५ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी कांग्रेसका गोविन्द भट्टराईले ३४७१ मत पाएका छन्। वाग्ले ४१५४ मतान्तरले अगाडि छन्।
एमालेका सर्वेन्द्र खनालले २२१९ मत प्राप्त गरेका छन्। वाग्ले र खनाल एक्ला एक्ला प्रतिस्पर्धा गरेका हुन् भने भट्टराई सत्तारुढ दलका साझा उम्मेदवार हुन्।
जिल्ला समन्वय समिति भवनमा सीसीटीभी जडान तथा तारजाली लगाएर मतगणना गरिएको छ। कूल ६३,७५७ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।



Comments are closed.