पुनर्वासको बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न
कञ्चनपुर, १ फागुन ।
पुनर्वास ८ स्थित बागिश्वरी मा.वि.को ५१औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ । सोमबार विद्यालयको प्राङ्गणमा एक भव्य समारोह विच कार्यक्रम सम्पन्न भएको हो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परि रावलको सभापतित्व र पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा सो कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै पुनर्वास नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले सामुदायिक विद्यालयले शैक्षिक गुणस्तरमा ध्यान दिदै विद्यार्थी संख्यालाई बढाउन रणनीति बनाएर अगाडी बढन र समयानुकूल अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुपर्ने विचार राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद सुवेदीले एक करोड बयानब्बे लाख चारहजार दुई रुपैयाँको आयव्यय विवरण पेश गर्नुभएको थियोे । उहाँले विद्यालयमा श्रव्यदृष्य सामाग्रीको व्यवस्था रहेको, विद्यार्थीलाई नि:शुल्क कोचिङ्ग क्लासको व्यवस्था गरीएको,खेलकुद सामाग्रीको पर्याप्त व्यवस्था गरिएको, नियमित स्टाफ बैठक साथै अभिभावकसंग नियमित भेटघाट र सहकार्यलाई निरन्तरता दिईएको जानकारी गराउनुभयो ।
सो अवसरमा विभिन्न व्यक्तिबाट प्राप्त अक्षयकोषबाट २१ जना भाईबैनीलाई छात्रवृत्ति बाँडिएको थियो ।
त्यसैगरी
शिक्षकहरु प्र.अ.डिल्ली प्रसाद सुवेदी तथा शिक्षकद्वयपदम शाह र पार्वती कापडी तथा लेखापाल दामोदर सुवेदीलाई सम्मान गरिएको थियोे । त्यसैगरी कार्यक्रममा अक्षयकोष दाताहरूलाई पनी सम्मान गरिएको थियोे । सोही अवसरमा हालै सम्पन्न राष्ट्रपति रनिङ शिल्डमा विजयी खेलाडी भाईबैनीलाई सम्मान तथा नगद पुरस्कार पनि वितरण गरिएको थियोे ।
प्रधानाध्यापक सुवेदीले विद्यालयमा दुई लाख अक्षयकोष जम्मा भएको, विद्यालयमा २२ थान सिसिटिभी ल्याएर हरेक कोठामा जडान गरीनुका साथै रंगरोगन गरिएको बताउनुभयो । विद्यालयको प्राङ्गणमा नयाँ समरसियल जडान गरिनुका साथै पोडियमको निर्माण गरीएको बताउनुभयो । त्यसैगरी विद्यालयको चुनौतीको रुपमा
पर्याप्त दरबन्दीको अभावमा निजिस्रोतबाट शिक्षक राख्नुपर्ने तर श्रोतको अभावमा निजिश्रोतका शिक्षकलाई न्यून तलबमा राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक तथा विद्यार्थीहरुले नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रमलाई शिक्षक बिरेन्द्रसिंह कार्कीले सञ्चालन गर्नुभएको थियोे ।


Comments are closed.