प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले गरे मतदान!
०४ मंसिर, कंचनपु
कंचनपुर क्षेत्र नम्बर १ क का प्रदेश सभा उम्मेदवार बीर बहादुर थापाले कंचनपुरको क्षेत्र नम्बर १ पुनर्वासबाट मतदान गर्नुभएको छ। क्षेत्र नम्बर नम्बर १ अन्तर्गतको वडा नम्बर २ स्थित सरस्वती मा. बि को मतदान केन्द्र बाट मतदान गर्नुभएको छ।
निर्वाचनमा भाग लिदै थापाले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले सबैले स्वतन्त्र पुर्वक यसको उपयोग गर्नु पर्ने बताउनुभयो । निकै उत्सुकता साथा हेरिएको क्षेत्र नम्बर १ क मा बीर बहादुर थापालाई बलिया उम्मेदवारको रुपमा हेरिएको छ।
निर्वाचनलाई शान्त र भय रहित बनाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी मतदान केन्द्रमा खटिएका छन। कञ्चनपुरमा मतदान केन्द्र ३४६ ओटा र मतदान स्थल १३२ ओटा रहेका छन । क्षेत्र नं. १ मा पर्ने पुनर्वास नगरपालिका, बेलाैरी नगरपालिका, लालझाडी गाउँपालिका र बेल्डाँडी गाउँपालिकामा गरी जम्मा ९९ हजार १ सय दश जना मतदाता रहेका छन । १ नं. क्षेत्रमा मतदान स्थल ५२ अाेटा र मतदान केन्द्र ११९ अाेटा रहेका छन ।
सबै मतदान स्थलमा बृद्ध तथा अपाङ्गका लागि छुट्टै लाईनकाे ब्यवस्था गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ ।



Comments are closed.