web analytics

गाडी र अटो ठोक्किदा दुई जना गम्भीर घाइते !

जेष्ठ २२

 

बर्दिया / बर्दियाको बाँसगढी नगरपालिकाको केदारेश्वर धाम नजिकै सवारी दुर्घटना भएको छ ।

कोहलपुरबाट धनगढी तर्फ जादै आएको विंगर गाडीले विपरित दिशाबाट आइरहेको अटो रिक्सालाई ठक्कर दिदा दुर्घटना भएको हो । दुर्घटनामा परी भे १ ह १४६ नम्बरको अटोका चालक सहित एक जना यात्रु गम्भीर घाइते भएका छन् ।

अटोलाई ठक्कर दिने भे १ ज १२९७ नम्बरको विंगर गाडीका चालकलाई इलाका प्रहरी कार्यालय बाँसगढीले नियन्त्रणमा लिएको छ । घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.