बेलौरीका माओवादीबाट निर्वाचित वडाअध्यक्ष एमालेमा प्रवेश
बेलौरी । नेकपा माओवादी केन्द्रबाट २०७४ स्थानीय निर्वाचनमा बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष साईटु कुमार चौधरी माओवादी परित्याग गर्दै एमालेमा प्रवेस गरेका छन ।

आज बिहान एमालेका सचिव लेखराज भट्टले चौधरीलाई अत्तरियामा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन । एमाले कञ्चनपुरका निर्वतमान अध्यक्ष बिर बहादुर थापा (पातल)ले चौधरीलाई उचित जिम्मेबारी दिईने गरी नै पार्टी प्रबेश गराइएको बताए । भट्ट र थापा दुबै माओवादी पृष्ठभुमिबाट एमाले नेतृत्वमा आएका नेता हुन ।



Comments are closed.