web analytics

एमसीसीका कारण प्रतिगमकारी शक्ति हावी हुने अवस्था छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजन (एमसीसी)का कारण गठबन्धन टुट्ने र  प्रतिगमनकारी शक्ति पुनः हावी हुने स्थिति बनेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा उनले प्रतिगमनकारी गठबन्धन पुनः अगाडि नआओस् भनेर रोक्न लागिपरेको बताए ।

“कहीँ एमसीसीकै कारण गठबन्ध टुट्ने । यसैका कारण प्रतिगमनकारी पुनः हावी हुने त होइन भन्ने स्थिति बन्न पुगेको छ । यसलाई रोक्नु पर्नेछ । कुनै खालको प्रतिगमनकारी गठबन्धन पुनः अगाडि नआओस्,” प्रचण्डले भने ।

एमसीसीको कारण गठबन्धन नटुटोस् र भनेर लागिपरेको उनको भनाइ छ । “एमसीसीका समस्या पनि समाधान होस् र गठबन्धन पनि नटुटोस् भन्ने मेरो चाहना हो । त्यस्तो कुनै उपाय छ भनेर छलफल भइरहेको छ,” उनले भने ।

उनले आन्दोलनबाट प्राप्त गरेको उपलब्धि दुर्घटना हुन नपाओस् भनेर लागिपरेको बताए ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.