पुनर्वासको मेरुदण्डको रुपमा हेरिएको ‘कोटिहोम-बिचफाँटा’ कृषि सडक कालोपत्रे
पुनर्वास । कृषि सडक नामले परिचय बनाएको कञ्चनपुरको पुनर्वास नगरपालिकाको विचफाँटादेखि सुरुभएर बेलडाँडी गाउँपालिकासम्म जोड्ने करिव ४० किलोमिटर सडकखण्डको काम पुनर्वासबाट सुरु हुने भएको छ । सोमबार पुनर्वास नगरपालिका वडा नम्बर ९ को बिचफाँटादेखि पुनर्वास नगरपालिका वडा नम्बर ४ को कोटिहोम सम्मको सडकको प्राविधिक अध्ययन भएको छ ।

कञ्चनपुरका तीन स्थानीय तह जोड्ने यस सडक निर्माणका लागि सुदुरपश्चिम सरकारका आर्थिक मामिला मन्त्री तारालामा तामाङले प्रतिबद्धता गरेका थिए । कञ्चनपुर क्षेत्र नम्बर १ (क) बाट निर्वाचित तामाङले आफ्नो प्रतिबद्धता पुरा गर्ने सुर देखाएका छन ।
सडकको डिपिआर बनाएर यसैबर्ष निर्माण सुरु गर्ने तयारीका साथ एकैपटक तीन ठाँउ बाट निर्माण कार्य सुरु गरिने मन्त्री तामाङले समाचार विशेषलाई जानकारी गराउनुभयो । कोटिहोम, बिचफाँटा र बेलौरी गरि तीन ठाँउबाट काम सुरु हुनेछ ।
यस सडकका लागि बजेट समेत छुट्याइसकिएको हुँदा बजेटका कारण काममा ढिलाइ भने नहुने देखिन्छ ।
कृषि सडक अन्तर्गतको बिचफाँटा-कोटिहोम सडक पुनर्वासको मेरुदण्डको रुपमा लिइन्छ । हुलाकी सडकबाट टाढा रहेका वडाहरु ४,६,७,८,९ गरि पाँच वडाले यसको लाभ लिनेछन । यस सडकले भारतीय अतिक्रमणमा परेको प्याराताल सम्म पुग्न चाहाने पर्यटक तथा जोकोहिका लागि निकै सहज बनाउनेछ ।
यस अघि SNRTP ले कालोपत्रे गर्ने भन्दै माटो भराई र राम्रो गुणस्तरीय ग्राभेल समेत गरेको थियो तर कालोपत्रे नगरी अलपत्र छोड्दा सडक अन्योलता तिर धकेलिएको थियो ।
ग्रामीण भेगमा उत्पादन भइरहेका कृषि उपज समेत सडक नहुँदा सदरमुकाम वा नजिकको व्यापारीक केन्द्र धनगढी सम्म पुर्याउन निकै कठिन हुने समस्या यस क्षेत्रमा जनताले भोग्दै आईरहेका छन ।



Comments are closed.