web analytics

बिश्व हात्ती दिवसः मान्छेभन्दा हात्ती बाठो !

साउन २८ बर्दिया /निकुन्जभित्रै जंगली हात्ती रोक्न काठको पोलमा बिद्युतीय तार (झटका दिने ) जडान गर्छ । हात्तीले फाल्छ । फलामको पोल राखियो । सिमेन्टका पोलमा तारबार गरिए । तर जंगली हात्तीका अगाडि केही चलेन । बिद्युत तारमात्रै होईन…

कैलालीको भासु भीरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

 धनगढी/कैलालीको भासु भिरमा  जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । बुधबार जीप दुर्घटनामा पाँच घाईते भएका मध्ये दुई जनाको मृत्यु भएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार उपचारका लागि अस्पताल ल्याउँदै गर्दा दुई जनाको…

लुम्बिनी प्रदेश सरकार गठन गर्न २२ घण्टाको समय सीमा

साउन २७ बुटवल/लुम्बिनीका प्रदेश मुुख्य मन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि प्रदेश प्रमुख अमिक शेरचनले २२ घण्टाको समय दिएर बहुमतको नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् । उनले सरकार गठनका लागि साउन २८ गते दिउँसो ३ बजेसम्मको…

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङ !

साउन २७ काठमाडौं / सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेको छ । चार वर्षे कार्यकाल पूरा गरेर अवकाश पाउनुभएका घिसिङ १० महिनापछि पुनः कार्यकारी निर्देशक नियुक्त हुनुभएको हो । ऊर्जा,…

उपकुलपतिको गाडी तोडफोड !

साउन २७ सुर्खेत / मध्यपश्चिम विश्वविद्यालय केन्द्रीय क्याम्पसमा आन्दोलनरत विद्यार्थीले उपकुलपति प्राडा नन्दबहादुर सिंहको गाडी तोडफोड गरेका छन् । विश्वविद्यालयको स्कूल अफ म्यानेजमेन्ट (मुसोम)मा मङ्गलबार अपराह्न आयोजित एक…

विद्युत प्राधिकरणमा पुन: कुलमान घिसिङ  

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी अधिकृतमा कुलमान घिसिङ नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको प्रस्तावमा घिसिङलाई कार्यकारी अधिकृतमा नियुक्त गरे पनि निर्णय भने…

आजको राशिफल/आज वि.सं. २०७८ श्रावण २७ गते बुधबारकाे राशिफल

आज वि.सं. २०७८ श्रावण २७ गते बुधबार तदनुसार ई. सं. २०२१ अगस्ट ११ तारिख, श्रावण शुक्लपक्ष, तिथि तृतीया , १७:०८ बजे उप्रान्त चतुर्थी, नक्षत्र पूर्वफाल्गुनी , १०:४५ बजे उप्रान्त उत्तरफाल्गुनी, योग शिव , २०:३६ बजे उप्रान्त सिद्ध, करण तैतिल ५:४२…

बर्दियामा दुई वर्षीया बालिकासहित आज ३५ संक्रमित थपिए !

साउन २६ बर्दिया / बर्दियामा आज कोरोना भाइरसका ३५ जना संक्रमित थपिएका छन । २ वर्षीया बालिकासहित ७९ वर्षीय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । ठाकुरबाबा नगरपालिका–५ की २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी…

चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो, सही ठाउँमा परिचालन भएन : अर्थमन्त्री !

साउन २६ बाँके / सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी…

आजको राशिफल/आज वि.सं. २०७८ श्रावण २६ गते मंगलबारकाे राशिफल

आज वि.सं. २०७८ श्रावण २६ गते मंगलबार तदनुसार ई. सं. २०२१ अगस्ट १० तारिख, श्रावण शुक्लपक्ष , तिथि द्वितीया , १८:१० बजे उप्रान्त तृतीया, नक्षत्र मघा , १०:५४ बजे उप्रान्त पूर्वफाल्गुनी, योग परिघ , २२:३१ बजे उप्रान्त शिव, करण वालव ६:३० बजेदेखि…

साथीहरु माधवजीलाई केही नभन्नू भन्नुहुन्छ, अब म केहि भन्दिनँ ओलि !

साउन २५ काठमाडौँ/पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अब माधवकुमार नेपाल पक्षीय नेताहरु आफैतिर आउन लागेकाले नेपाललाई गाली नगर्ने बताएका छन्। च्यासलमा जारी आफू पक्षीय केन्द्रीय पकमिटी बैठकमा ओलीले भने,‘साथीहरु माधवजीलाई…

बर्दियामा निषेधाज्ञा भदौ १० गतेसम्म थप, !

कृष्ण बहादुर बुढा साउन २५ बर्दिया /बर्दियाम कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै बर्दियामा निषेधाज्ञालाई थप लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरेर भदौ १० गतेसम्म निषेधाज्ञा लम्ब्याइएको जानकारी…

घाँस बेचेर जीवन निर्वाह गर्नेको पीडा !

कृष्ण बहादुर बुढा साउन २५ बाँके /बाँकेको नेपालगन्ज उपमहानगरपालिका–८ महेन्द्रपार्कको छेवैको घाँसमण्डीमा आइतबार हाम्रो टिम पुग्दा घाँस बेच्ने महिला ग्राहक आएकोमा उत्साही देखिए । घाँसको मोलतोल गर्न छोडेर मोबाइलबाट फोटो खिच्दा उनीहरु…

नेपाली स्मार्ट लाइसन्स : ढिलो, झन्झटिलो, पाउनै मुस्किल, खर्चिलो !

साउन २५ काठमाडौं । पुराना प्रविधि हटाएर नयाँ प्रविधिको प्रयोग किन गरिन्छ भनी सोधे समय र खर्चको बचतका लागि भन्ने धेरैको जवाफ हुनसक्छ । ‘स्मार्ट’ चालक अनुमतिपत्रमा भने उल्टो स्थिति देखापरेको छ । जुन शुरुवातीदेखि नै सेवाग्राहीका…

आजको राशिफल/आज वि.सं.२०७८ श्रावण २५ गते साेमबारकाे राशिफल

आज वि.सं. २०७८ श्रावण २५ गते साेमबार तदनुसार ई. सं. २०२१ अगस्ट ०९ तारिख, श्रावण शुक्लपक्ष, तिथि प्रतिपदा , १८:४४ बजे उप्रान्त द्वितीया, नक्षत्र अश्लेषा , १०:३५ बजे उप्रान्त मघा, योग वरियान् , २४:०३ बजे उप्रान्त परिघ, करण किंस्तुघ्न ६:४९…

नेपालगन्ज मेडिकल कलेजले भन्योः अप्रेशन गरेर काटिएको खुट्टा मेडिकलको लापरवाहीले बगैचामा पुग्यो !

साउन२४ बाँके/बाँके को जमुनाहा नाकामा फलाम बोकेको १६ चक्काको लरीले किचेका कारण अप्रेशनपछि काटिएको एक व्यक्तिको खुट्टा नेपालगन्ज मेडिकल कलेजबाट हराएर आँपको बगैचामा भेटिएको घटनालाई लिएर चरम लापरवाही भएको भन्दै आलोचना खेपिरहेको अस्पताल…

उपकुलपतिको मृत्यु भन्दै भ्रम फैलाउनेविरुद्ध मुद्दा !

साउन २४ मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा डा नन्द बहादुर सिंहको मृत्यु भएको भनेर विज्ञप्ति निकाल्नेविरुद्ध साइबर अपराधको मुद्दा लगाइने भएको छ उपकुलपति प्रा डा सिंहविरुद्ध शनिबार सुर्खेतमा एक समूहले विश्वविद्यालयको…

अप्रेशन गरीएको खुट्टा कुकुरले बोकेर हिडेपछि !

साउन २३ बाँके /बाँकेको नेपालगन्ज मेडिकल कलेजमा बेलाबखत अनौठा घटना घटिरहन्छन । कतिपय घटनामा अस्पताल प्रशासनको कमजोरीका कारण अस्पताल विवादित समेत बन्दै आएको छ । यसैबिच शनिबार पुन नयाँ घटना बाहिर आएको छ । शिक्षण अस्पताल नेपालगन्जको…

आज सार्वजनिक हुँदै, एसईई को नतिजा !

साउन २३ काठमाडौं /राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गर्न लागेको हो । परीक्षा…

पूर्वपश्चिम राजमार्गका एक सय ३८ स्थानमा सिसीटिभी क्यामेरा जडान !

साउन २३ कञ्चनपुर/सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि गड्डाचौकी र अत्तरियादेखि त्रिनगर सीमानाकासम्म सिसीटिभी क्यामेरा जडान गरेको छ । आर्थिक वर्ष २०७७/७८ को मन्त्रालयको…