सुनचाँदीको मूल्यमा वृद्धि, सुन तोलाको २ लाख ८४ हजार ३०० रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएको छ। सोमबार सुनको मूल्य प्रतितोला १ हजार ३०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३०० रुपैयाँ कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ८३ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले बढेर ३ हजार ८५५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ३ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो।
यसरी एकै दिनमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि देखिएको छ। पछिल्लो मूल्यवृद्धिसँगै सुन खरिद गर्ने उपभोक्तालाई थप आर्थिक भार पर्ने देखिएको छ।


Comments are closed.