web analytics

पुनर्वास उद्योग वाणिज्य संघको साधारण सभा तथा निर्वाचन मंसिरमा हुने, सदस्यता नवीकरण गर्न आग्रह

पुनर्वास । कञ्चनपुरको पुनर्वास उद्योग वाणिज्य संघले आगामी २०८३ साल मंसिर महिनामा वार्षिक साधारण सभा तथा कार्यसमिति निर्वाचन गर्ने भएको छ।

संघका अध्यक्ष राजकुमार रायमाझीले सामाजिक सञ्जाल फेसबुकमार्फत सूचना सार्वजनिक गर्दै साधारण सभा तथा निर्वाचनमा सहभागी हुन चाहने सम्पूर्ण उद्योगी, व्यवसायी तथा प्रतिष्ठान सञ्चालकहरूलाई यही कार्तिक मसान्तभित्र आ–आफ्ना व्यावसायिक फर्म, उद्योग, प्रतिष्ठान तथा प्राइभेट लिमिटेड (प्रा.लि.) को नवीकरण गराउन आग्रह गरेका छन्।

त्यसैगरी, संघमा नयाँ सदस्यता लिन इच्छुक व्यवसायीहरूलाई पनि कार्तिक मसान्तभित्रै सदस्यता लिन उनले अनुरोध गरेका छन्।

आगामी साधारण सभा तथा कार्यसमिति निर्वाचनमा सहभागिताका लागि आवश्यक सदस्यता नवीकरण तथा नयाँ सदस्यता प्राप्त गर्ने प्रक्रिया तोकिएको समयभित्रै पूरा गर्न संघले सम्बन्धित सबै उद्योगी तथा व्यवसायीलाई आग्रह गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.