web analytics

पुनर्वासमा राष्ट्रपति  रनिङ शिल्ड प्रतियोगिता आज उद्घाटन हुँदै

कञ्चनपुर/ माघ १८

पुनर्वास नगरपालिकाको आयोजनामा स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०८२ आज आइतबार उद्घाटन हुने भएको छ। प्रतियोगिताको उद्घाटन समारोह पुनर्वास नगरपालिका–६ स्थित श्री जीवन ज्योती माध्यमिक विद्यालय, त्रिभुवनबस्तीमा दिउँसो १:०० बजे आयोजना गरिने नगरपालिकाले जनाएको छ।
नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आतिथ्यतामा हुने उद्घाटन कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयका खेलाडी विद्यार्थीहरूको सहभागिता रहनेछ। प्रतियोगितामार्फत विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि बढाउने, प्रतिभा पहिचान गर्ने र स्वस्थ प्रतिस्पर्धाको संस्कार विकास गर्ने उद्देश्य रहेको नगरपालिकाको भनाइ छ।
उद्घाटन कार्यक्रममा नगरबासी आमा–बुबा, दाजुभाइ, दिदीबहिनी, समस्त जनसमुदाय, पत्रकार, सुरक्षाकर्मी तथा खेलाडी विद्यार्थीहरूलाई उपस्थित भई कार्यक्रमको शोभा बढाइदिन नगरप्रमुख शर्माले हार्दिक आमन्त्रण गर्नुभएको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.