कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट साढे चार लाखभन्दा बढी सहयोग
कञ्चनपुर/५ माघ
पुनर्वास नगरपालिका–३, आई.बि.आर.डि. क्षेत्रमा अवस्थित श्री कञ्चनक्षोईलिङ्ग गुम्बालाई विभिन्न दाताबाट उल्लेखनीय आर्थिक तथा भौतिक सहयोग प्राप्त भएको छ। गुम्बाको धार्मिक तथा संरचनागत विकासका लागि २०८२ माघ ३ गते एकै दिन विभिन्न व्यक्ति तथा संस्थाबाट जम्मा ४ लाख ५५ हजार ७ सय ४५ रुपैयाँ बराबरको सहयोग जुटेको गुम्बा व्यवस्थापन समितिले जनाएको छ।
सबैभन्दा ठूलो सहयोग पुनर्वास नगरपालिका–६ स्थित न्यु सम्राट रेष्टुरेन्टका सञ्चालक श्री सञ्जु गुरुङबाट प्राप्त भएको छ। उहाँले भगवान बुद्धको मूर्ति खरिदका लागि नगद १ लाख १० हजार रुपैयाँ तथा गुम्बाका कार्यक्रम सञ्चालन सहज बनाउन ७५ हजार रुपैयाँ बराबरको साउण्ड सिस्टमको पूरा सेट सहयोग गर्नुभएको हो।
यस्तै, पुनर्वास नगरपालिका–२ निवासी हाल अष्ट्रेलियामा रहनु भएका श्री दिर्घ सिं तामाङ र श्री मनशाय तामाङले संयुक्त रूपमा १ लाख रुपैयाँ नगद सहयोग गर्नुभएको छ।
पुनर्वास–३ आई.बि.आर.डि. निवासी सुदर्शन हार्डवेयरका सञ्चालक श्री राम बहादुर तामाङ र समाजसेवी श्री लालमन तामाङले जनही ६२ हजार ५ सय रुपैयाँ प्रदान गर्नुभएको छ।
त्यसैगरी पुनर्वास–२ की श्री पञ्च माया तामाङबाट (५० हजार), पुनर्वास–३ की श्री धन माया सिंहबाट (२५ हजार), श्री जित बहादुर तामाङबाट (१० हजार ६७०), पुनर्वास–६ का श्री कान्छा लामा तामाङबाट (१० हजार ५५), पुनर्वास–३ का श्री कान्छा लामा तामाङ बाट(७ हजार), श्री मंक लामा तामाङबाट (५ हजार ५ सय), श्री कान्छी माया तामाङबाट (५ हजार), श्री सुक बहादुर तामाङ र श्री चन्द्रलाल तामाङबाट (३ हजार ५ सय २०), पुनर्वास–१ का श्री दुङ लामाबाट (१ हजार ५ सय), श्री लोप्चन लामा (ब्रागु लामा) बाट(१ हजार ५ सय) तथा पुनर्वास–३ का श्री अरुण लामाबाट (१ हजार) सहयोग प्राप्त भएको छ ।
गुम्बा व्यवस्थापन समितिले सबै सहयोगदाताप्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त सहयोग गुम्बाको धार्मिक गतिविधि, संरचना सुधार तथा सांस्कृतिक कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाएको छ।



Comments are closed.