web analytics

पुनर्वास ३ राम बस्तीमा सांस्कृतिक कार्यक्रम आयोजना हुँदै

कञ्चनपुर/ २७ पुस। पुनर्वास नगरपालिका वडा नम्बर ३ स्थित रामबस्ती, कुंकरमा बोम्बो नाच, मेन्दो माया नाचसहित विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।
आयोजकका अनुसार कार्यक्रम २०८२ साल पुष ३० गते साँझ ६ बजेदेखि माघ १ गते दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा तामाङ समुदायको मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने बोम्बो नाच, मेन्दो माया नाचलगायत अन्य सांस्कृतिक प्रस्तुतिहरू समावेश गरिनेछ।
स्थानीय कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय कलाकारहरूको सक्रिय सहभागिता रहने आयोजकले जनाएको छ। आयोजकले सम्पूर्ण स्थानीयवासी तथा संस्कृतिप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई कार्यक्रमलाई सफल बनाउन हार्दिक आमन्त्रणसमेत गरेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.