पुनर्वासमा २८६२ औँ ल्होछार महोत्सव आयोजना गरीने
कञ्चनपुर/२७ पुस ।
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति कञ्चनपुरको बैठकले तामाङ समुदायको महान पर्व ल्होछार विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ। सनिवार नेपाल तामाङ घेदुङ्ग कञ्चनपुरको अरनिको बस्ती स्थीत कार्यालयमा जिल्ला कार्यवाहक अध्यक्ष दिलबहादुर तामाङको अध्यक्षतामा सम्पन्न बैठकले आगामी माघ ५ गते पुनर्वास नगरपालिका–३ स्थित आईबिआरडी क्षेत्रको पैसट्ठी विगाहमा विभिन्न सांस्कृतिक कार्यक्रमसहित २८६२ औँ ल्होछार महोत्सव आयोजना गर्ने निर्णय गरेको हो।
महोत्सवको सफल आयोजनाका लागि बैठकले मूल तयारी समिति गठन गरेको छ। गठन भएको मूल तयारी समितिको संयोजकमा रामबहादुर तामाङ चयन हुनुभएको छ भने सदस्यहरूमा सिंहलाल तामाङ, दिलबहादुर तामाङ, पञ्चमाया तामाङ, कान्छीमाया तामाङ, कान्छालामा तामाङ, सुनिलकुमार लो, नरवीर तामाङ, सुकबहादुर तामाङ, माइतीमाया तामाङ, हर्कबहादुर तामाङ, वेदबहादुर तामाङ, विमल तामाङ, कान्छा लामा लगायत रहनुभएको छ।
त्यसैगरी, महोत्सवलाई मार्गदर्शन तथा सल्लाह प्रदान गर्न सल्लाहकार समिति समेत गठन गरिएको छ। सल्लाहकार समितिमा भीमलाल मोक्तान, लालमन तामाङ, श्रीमाया गुरुङ (तामाङ), भुपालमान लो, बुद्धबहादुर स्याङ्दन, सुरतलाल घिसिङ, कान्छा तामाङ र मंक बहादुर तामाङ रहनुभएको छ।
महोत्सवका लागि आवश्यक आर्थिक स्रोत संकलन गर्न आर्थिक संकलन समिति पनि गठन गरिएको छ। उक्त समितिमा सिंहलाल घिसिङ (दशरथ बस्ती), दिलबहादुर तामाङ (अंशुवर्मा बस्ती), सुकबहादुर तामाङ (अरनिको/राम बस्ती), कान्छा लामा तामाङ (त्रिभुवन बस्ती) र मनीकुमार तामाङ (जनक बस्ती) सदस्यका रूपमा चयन हुनुभएको छ।
बैठकले ल्होछार महोत्सवलाई भव्य, सभ्य र ऐतिहासिक बनाउने उद्देश्यका साथ तामाङ समुदायको मौलिक संस्कृति, परम्परा, भेषभूषा, नृत्य तथा पहिचान झल्किने कार्यक्रमहरू समावेश गर्ने निर्णय गरेको छ। आयोजक समितिले सम्पूर्ण तामाङ समुदाय तथा सरोकारवालाहरूलाई महोत्सव सफल बनाउन सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।


Comments are closed.