web analytics

सुनको मूल्यमा नयाँ रेकर्ड, हालसम्मकै उच्च विन्दुमा

काठमाडौ/ ११ पुस ।
नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। पछिल्ला दिनदेखि निरन्तर बढ्दै आएको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। आज सुन प्रतितोला २ लाख ६९ हजार ३०० रुपैयाँमा कारोबार भएको छ, जुन अघिल्लो रेकर्डभन्दा प्रतितोला १ हजार २०० रुपैयाँ बढी हो।
यसअघि बुधबार सुन प्रतितोला २ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार घटेर २ लाख ६७ हजार ५०० रुपैयाँमा झरेको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। बिहीबार प्रतितोला ४ हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ, जसमा प्रतितोला १६५ रुपैयाँको वृद्धि भएको हो।
अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य उकालो लागेको छ। आज सुन प्रतिऔंस ४,५१२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.