web analytics

रघुजी पन्त शिक्षामन्त्री नियुक्त, के शिक्षा क्षेत्रको समस्या समाधान होला ?

काठमाडौ /बैशाख १०।

नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाका समानुपातिक सांसद रघुजी पन्त शिक्षामन्त्रीमा नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन गरेको राष्ट्रपति कार्यालयले जनाएको छ।

यसअघि शिक्षामन्त्री रहेकी विद्या भट्टराईले राजीनामा दिएपछि प्रधानमन्त्री ओलीले एमालेका प्रतिनिधिसभा सदस्य पन्तलाई शिक्षामन्त्री नियुक्त गरेका हुन्।

मन्त्रिपरिषद्मा उनी वरियताको आठौँ क्रममा रहेका छन्। परराष्ट्रमन्त्री आरजु राणापछि उनको वरियता राखिएको छ। नवनियुक्त शिक्षामन्त्री पन्तको बिहीबार सपथग्रहण हुने बताइएको छ।

विद्यालय शिक्षा कानुनको माग गर्दै देशभरका शिक्षकहरू आन्दोलित छन । यस्तो चुनौतीपूर्ण घडीमा शिक्षामन्त्री बनेका पन्तबाट शिक्षा क्षेत्रको समस्या समाधान होला कि नहोला भनेर सर्वत्र चासोका साथ हेरिएको छ ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.