web analytics

उदघोषक तथा देउडा गायक धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित

कञ्चनपुर/१५ फागुन ।
सुदूरपश्चिमका चर्चित उदघोषक, लोक देउडा गायक नविन सिह धामी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित भएका छन ।
धादिङमा सम्पन्न भएको राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानको ८औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिवमा निर्वाचित भएका हुन । धामी केन्द्रीय सचिवमा निर्विरोध निर्वाचित भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले जनाएको छ ।
डेढ दशक भन्दा बढि समयदेखि धामीले विभिन्न जिल्लामा संचालित भएका महोत्सवमा उद्घोषकदेखि लोक देउडा गायकको भूमिकामा ख्याती कमाउँदै आएका छन ।
उनले प्रतिष्ठानको सचिवमा चयन भएसंगै पाईएको जिम्मेवारी अनुरुप नेपालको लोक गितसंगित, कला र कलाकारको हकहित संरक्षणमा काम गर्ने प्रण गरेका छन ।

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.