web analytics

कञ्चनपुरका लम्साल र मगर माओवादी पोलिटब्यूरो सदस्यमा चयन

कञ्चनपुर/नेकपा माओवादी केन्द्र कञ्चनपुरका नेताद्वय लोकेन्द्र लम्साल र बिना मगर माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्यमा चयन भएका छन । माओवादी केन्द्रीय कमिटिको बैठकबाट कञ्चनपुरका नेताद्वय लम्साल र मगर पोलिट्ब्यूरो सदस्यमा चयन भएका हुन ।
लम्सालसंग नेकपा मसालको नेतृत्व पंक्तिमा रहेर तीन दशक भन्दा बढी समय काम गरेको अनुभव छ । पछिल्लो समय जनमोर्चाबाट माओवादी केन्द्रमा प्रवेश गरेका हुन ।
त्यसैगरी विद्यार्थीकालदेखि नै माओवादी राजनीतिमा होमिएकी मगरले कम्युनिस्ट आन्दोलनमा दुई दशक भन्दा बढी समय खर्चिसकेकी छिन । विद्यार्थी राजनीतिमा कुशलतापूर्वक नेतृत्व गरेकी उनले जनयुद्धमा छापामार भएर समेत काम गरीन । जनयुद्धको समयमा तत्कालीन शाही सेनाले उनलाई बन्दी बनाई चरम यातना दिएको थियो । सांसद र मन्त्री समेत भैसकेकि मगरलाई पार्टीले पोलिट्ब्यूरो सदस्यमा चयन गरेको छ ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.