पुनर्वासमा आदिवासी जनजातिहरुको अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न
कञ्चनपुर, १८ असार ।
पुनर्वासमा आदिवासी जनजातिहरुको हक अधिकार तथा कानुनी परामर्श सम्बन्धि एकदिने अन्तरक्रिया कार्यक्रम सनिवार सम्पन्न भएको छ । पुनर्वास ६ स्थित सभाहलमा उक्त कार्यक्रम भएको थियोे । नेपाल आदिवासी जनजाती महासंघ पुनर्वासका अध्यक्ष धोखे रानाको अध्यक्षता तथा पुनर्वासका नगरप्रमुख तोय प्रसाद शर्माको प्रमुख आथित्यमा उदघाटन कार्यक्रम भएको थियो ।
त्यसैगरी विशिष्ट अतिथिको आसनमा नगर उपप्रमुख भुलिया कुमारी राना हुनुहुन्थ्यो । अतिथिको आसनमा पुनर्वास १ का वडाध्यक्ष मोहनलाल राना,वडानम्बर ३ का वडाध्यक्ष कृष्ण बहादुर तामाङ, वडानम्बर ६ का वडाध्यक्ष मित्रसिंह लामा,वडानम्बर ७ का वडाध्यक्ष मूलचन्द राना, वडानम्बर ८ का वडाध्यक्ष राना श्रवण, वडानम्बर १० का वडाध्यक्ष सुकदेव राना सहित नवनिर्वाचित जनप्रतिनिधिहरुको उपस्थिति थियो ।
उदघाटन कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पुनर्वास नगरपालिकाका प्रमुख तोय प्रसाद शर्माले पुनर्वास नगरपालिकामा चौध हजार मतदाता आदिवासी जनजातिको रहेको बताउनुहुँदै आदिवासी जनजातिले चाहे नगरपालिका कायापलट हुन सक्ने स्पष्ट पार्नुभयो । आदिवासी जनजातिको हक, अधिकार र सुविधाको लागि नगरपालिका हरदम तयार रहेको समेत नगरप्रमुख शर्माले जिकिर गर्नुभयो ।
उदघाटन कार्यक्रम पश्चात् आदिवासी जनजातिहरुको हक अधिकार तथा कानूनी परामर्श सम्बन्धि अन्तर्कृया कार्यक्रम भएको थियोे ।

अन्तर्कृया कार्यक्रममा प्रशिक्षक अधिवक्ता पुष्पविक्रम शाहीले आदिवासी जनजातीलाई नेपालको संविधानले प्रदान गरेका अधिकारका बारेमा चर्चा गर्नुभएको थियो ।
त्यसैगरी प्रशिक्षक अधिवक्ता नेत्र बहादुर तामाङले आदिवासी जनजातीले सचेत भएर आफ्नो अधिकारको लागि अगाडी बढनुपर्ने भनाई राख्नुभएको थियोे । कार्यक्रमलाई पुर्णा कुमारी गुरुङले सञ्चालन गर्नुभएको थियोे ।


Comments are closed.