web analytics

माघ १५ गतेसम्म देश भरीका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौं/कोरोना भाइरसको संक्रमण तीव्ररुपमा बढ्न थालेपछि देशभरिका विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरिएको छ। कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को आज बसेको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको प्रवक्ता सुनिता नेपालले बताए।
यसअघि प्रधानमन्त्रीसमेतको सहभागितामा बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण रोक्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। त्यस्तै कोरोना विरुद्धको खोप अभियानलाई तीव्र पार्नसमेत निर्देशन दिइएको थियो।
नेपालमा पछिल्लो हप्तामात्र करिब पाँच हजार कोरोना संक्रमित थपिएका छन्। आजमात्र एकैदिन ११ सयभन्दा बढीमा कोरोना संक्रमण देखिएको थियो।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.