नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन,अध्यक्षमा बौद्ध लामा सर्वसम्मत
कञ्चनपुर, १७ चैत ।
नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशको नयाँ कार्य समिति गठन भएको छ ।
सनिवार पुनर्वास न्यू सम्राट रेष्टुरेण्टको सभाहलमा सम्पन्न दोस्रो अधिवेशनले बौद्ध लामाको नेतृत्वमा सुदुरपश्चिम प्रदेशको नयाँ कार्यसमिति चुनेको हो । उपाध्यक्षमा बुद्धिमाया तामाङ, भिमलाल मोक्तान,ईन्द्रमाया तामाङ, मुख्य सचिवमा लालमन तामाङ, सचिवमा सुनिलकुमार लो,कोषाध्यक्षमा श्रीमाया गुरुङ तामाङ रहेका छ्न । सदस्यहरुमा दिप बहादुर मोक्तान, तेज बहादुर पाख्रीन,मनमाया तामाङ, नर बहादुर तामाङ, शिव बहादुर तामाङ र झुर्कानी तामाङ रहेका छन ।
नेपाल तामाङ घेदुङ्ग सुदूरपश्चिम प्रदेश अध्यक्ष केशव थिङ्गको सभापतित्व, संघीय प्रतिनिधि सभा सदस्य तारालामा तामाङको प्रमुख आथित्यमा भएको उदघाटन कार्यक्रममा विशिष्ट अथितिको आसनमा नेपाल तामाङ घेदुङ संघीय उपाध्यक्ष मान बहादुर तामाङ र विशेष अतिथिको आसनमा नेपाल तामाङ घेदुङ संघीय सदस्यद्वय वीर बहादुर तामाङ र कविराम तामाङ हुनुहुन्थ्यो ।
कार्यक्रमलाई नेपाल तामाङ घेदुङ सुदुरपश्चिम प्रदेशका सह-सचिव भिमलाल मोक्तानले सञ्चालन गर्नुभएको थियोे ।


Comments are closed.