कञ्चनपुर १ मा प्रदेशतर्फ वीर बहादुर थापा र दिवानसिंह विष्ट निर्वाचित
कञ्चनपुर/कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (२)मा नेपाली कांग्रेसका दिवानसिंह विष्ट विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार पल्लवराज भट्टलाई हराउँदै उनी सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार विष्टले ८ हजार ५ सय २० मत पाएका छन् भने भट्टले ७ हजार ६ सय ३ मत पाएका छन्।
त्यसैगरी कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा (१)मा नेकपा एमालेका बीर बहादुर थापा पातल विजयी भएका छन्।
निकटतम प्रतिद्वन्द्वी वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बन्धु रानालाई पराजित गर्दै थापा प्रदेशसभा सदस्यमा निर्वाचित भएका हुन्।
अन्तिम मतपरिणाम अनुसार थापाले १२ हजार ३ सय ५९ मत पाएका छन् भने रानाले ११ हजार ६ मत ल्याएका छन्।


Comments are closed.