web analytics

प्रदेश सभा सदस्यकाे दाैडमा भक्त बहादुर अधिकारी

-लाल बहादुर एस.के.
कञ्चनपुर , कार्तिक २८ ।
स्वतन्त्र उमेद्वार भक्त बहादुर अधिकारी प्रदेश सभा सदस्यका लागि चुनावी दाैडमा छन । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि हुन गईरहेकाे निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ काे १ बाट प्रदेश सभा सदस्य पदका लागि चुनावी दाैडमा हाेमिएका हुन ।
भक्त बहादुर अहिले चुनावी नतिजा आफ्नाे पक्षमा पार्न घरदैलाे कार्यक्रममा ब्यस्त छन । कञ्चनपुरका लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिकाकाे समग्र विकास गर्न आफुले उमेद्वारी दिएकाे बताएका छन । घरदैलाे कार्यक्रममा बाेल्दै भक्त बहादुरले लामाे समय देखि हात्ति आतंककाे समस्या भाेगिरहेका लालझाडी गाउँपालिकामा हात्ति आ।तंक राेक्न प्राथमिकताका साथ काम गर्ने बताए । दाेदा कटान राेकथाम गर्न तटबन्धको कार्यक्रम, सडक स्तराेन्ती, कृषी क्याम्पसकाे स्थापना, सुकुम्बासी समस्या समाधान , काेल्ड स्टाेरकाे स्थापना लगायतका कामलाई उच्च प्राथमिकतामा राखि काम गर्ने उनले बताए ।
किसानलाई कृषी क्षेत्रमा आत्मनिर्भर बनाउन किसानलाई निशुल्क प्राविधिक तालिम सहित बिउबिजन तथा मलखादकाे उचित व्यवस्थापन, साना तथा मझाैला खालका उद्याेगकाे स्थापना गरी राेजगार सृजना गर्ने , अतिविपन्न परिवारका बालकालिकालाई शैक्षिक सामाग्री तथा अध्ययन खर्चसमेत उपलब्ध गराईने उनले बताए । आफ्नाे निर्वाचन क्षेत्रकाे समग्र विकास गर्न आफूले उमेद्वारी दिएकाले बल्ब चुनाव चिन्हमा मतदान गरी अत्यधिक मतले विजयी गराई दिन आम मतदातालाई आग्रह समेत गरेका छन ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.